वित्तीय संस्थाको सूचीमा बचत तथा ऋण सहकारी थप

35

काठमाडौं । कुनै बैंक वा वित्तीय संस्थामा सञ्चालक वा कार्यकारी पदमा रहेको व्यक्ति बचत तथा ऋण सहकारी संस्थाको कार्यकारी, सञ्चालक वा सल्लाहकार हुन नपाउने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै एकभन्दा बढी इजाजतपत्र प्राप्त संस्था सञ्चालक, सल्लाहकार वा कार्यकारी अधिकार प्रयोग गर्ने अन्य कुनै पदमा रहने वित्तीय संस्थाको सूचीमा बचत तथा ऋण सहकारी पनि थप गरेको हो ।

‘एउटा संस्थामा सञ्चालक रहेको व्यक्ति एकै पटक अर्को इजाजतपत्र प्राप्त÷अनुमति प्राप्त÷स्वीकृति प्राप्त संस्था लगायत सहकारी ऐन, २०७४ अन्तर्गत सञ्चालित बचत तथा ऋण सहकारी संस्था तथा बीमा सम्बन्धी व्यवसाय सञ्चालन गर्ने संगठित संस्था समेतको सञ्चालक, सल्लाहकार वा कुनै पनि पदमा रहन पाइने छैन,’ निर्देशनमा छ ।

यसअघि बैंक सञ्चालक वा कार्यकारी भूमिकामा रहेकाहरू सहकारी सञ्चालक वा कर्यकारी भूमिकामा रहने कुनै प्रतिबन्ध थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here