बुढिखोलामा डुबेर मृत्यु

48

काठमाडौं । मोरङ, बुढिगंगा गाउँपालिका-५ डिपुटोल छेउस्थित बुढिखोलामा डुबेर सोही ठाउँ बस्ने खटर शर्माको छोरा १५ वर्षीय आनन्द शर्माको सोमबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनको सामुदायिक अस्पताल दुहबी हुँदै बिराट टिचिङ अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी मोरङ, धनपालथान गाउँपालिका-४ सिमरिया टोल बस्ने सिताराम मण्डलकी छोरी ५ वर्षीया नित्तिका मण्डलको घर नजिकै पानी जमेको खाल्डोमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here