त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित

26

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ।

डालसको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको हाइस्कोरिङ खेलमा नेपाल २ बल बाँकी हुँदा ३ विकेटले पराजित भयो।

टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८६ रनको सानदार स्कोर बनाएको थियो। जवाफमा अमेरिकाले उक्त लक्ष्य २ बल बाँकी हुँदा ७ विकेट गुमाएर पूरा गर्यो।

पहिलो ब्याटिङ गरेको नेपालका ३ खेलाडीले अर्धशतकीय इनिङ खेलेका थिए। अनिल साहाले ५६ रन बनाउँदा आसिफ शेखले ५२ रन बनाए।

त्यस्तै कप्तान रोहित पौडेलले ९६ रनको उत्कृष्ट इनिङ खेलेपनि टिमको जितका लागि पर्याप्त भएन्। थप दोहोरो स्कोरका रुपमा आरिफ शेखको ३७ रन रहँदा दिपेन्द्र सिंह ऐरीको १३ रन रह्यो।

त्यस्तै कुशल भुर्तेलले ११ रन बनाए। अमेरिकाका लागि नोस्थुस केन्जीले ४ विकेट लिंदा सौभ नेत्रभास्करले २ तथा स्याड्ली भान सेल्क्वाक, जसदीप सिंह र हरमीत सिंहले समान १-१ विकेट लिए।

२ सय ८७ रनको उच्च लक्ष्य पछ्याएको अमेरिकाका लागि सायन जहानगिरले ९७ बलमा १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए। उनले १२ चौका र ४ छक्का प्रहार गर्दै १ सय ४ रन बनाए।

त्यस्तै मोनाङ्क पटेलले ६२ रन बनाउँदा हरमित सिंहङले ५७ रनको इनिङ खेले। त्यस्तै स्याड्ली भान साल्कवेले २९ रनको नटआउट इनिङ खेल्दा उनलाई जसदिप सिंहले ११ रनमा साथ दिएका थिए।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिंदा सोमपाल कामीले २ विकेट लिए। जितपछि अमेरकाले अङ्क तालिकामा दुइ अङ्क थपेर १० खेलबाट १४ अङ्क बनाएको छ। ९ खेल खेलेको नेपाल ३ अङ्कका साथ सातौं स्थानमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here