कीनपामा नगरप्रमुख उम्मेदवारमा प्रा.डा. शिवशरण महर्जन सर्वसम्मत

31

कीर्तिपुर। नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर कमिटीले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा नगरप्रमुख उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई सर्वसम्मत निर्णय गरेको छ ।

सामाजिक तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएका प्रा.डा.महर्जन त्रिभुवन विश्वविद्यालय केन्द्रीय शिक्षाशास्त्र विभागका पूर्वप्रमुख, विश्वविद्यालय अनुदान आयोगका पूर्व सदस्य, कीर्तिपुर यातायात सेवा कम्पनी लिमिटेड, कीर्तिपुर डाँडा खानेपानी ब्यबस्थापन, मंगल स्कुल तथा कलेज, सहिद स्मारक कलेज, उज्वल स्कुल निकेतन एकेडमी प्रमुख भएर काम गरिसक्नुभएको छ ।

यस्तै सो पार्टीले कीर्तिपुर वडा १ अध्यक्ष उम्मेदवारमा अष्टमान महर्जन र वडा ४ अध्यक्ष उम्मेदवारमा इन्जिनियर नारायण विष्टलाई छनौट गरेको छ ।

माओवादी केन्द्रको वागमति प्रदेश ईन्चार्ज अग्नि सापकोटाको प्रमुख अतिथिमा बैठक सम्पन्न भएको हो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी, वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जन र वडा नं ४ का श्यामकुमार अधिकारीको निधन भएपछि सो पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here