सवारी दुर्घटनामा दुई जनाको मृत्यु

49

काठमाडौं । मोरङ, केराबारी गाउँपालिका-९ बेलचौरीस्थित सडकमा बेलचौरीबाट भलुवातर्फ जाँदै गरेको को.२ त १६७ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने यमनाथ परियारको छोरा ६ वर्षीय युनिक परियारको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-५ नयनचोकमा ना.४ च ६९५१ नम्बरको बलेरोको ठक्करबाट साइकलयात्री पर्सा सखुवापर्सौनी गाउँपालिका-४ घर भई नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-५ डेरा गरी बस्ने १७ वर्षीय इशान अन्सारीको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here