नाउपाले सुदुरपश्चिम बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्षमा रेखा जेठारा, कैलालीको जिसस प्रमुखमा रुक्मती थारुनी,कञ्चनपुर भिमदत्त नगरपालिका-६ मा वडाध्यक्ष हरिश चौधरीलाई उम्मेदवार बनाएको छ ।
यसैगरी लुम्बिनी प्रदेशको कपिलवस्तुको सुद्धोधन गाउँपालिका-१ मा वडाध्यक्षको लागि सुर्यकुमार चौधरी थारु, बर्दिया ठाकुरबाबा नगरपालिका वार्ड-४ को वडाध्यक्षका लागि प्रितिलाल थारुको नाम टुंगो लगाएको छ भने गण्डकी प्रदेशको गोरखामा गोरखा नगरपालिका-५ मा वडाध्यक्षका लागि सुकमाया नेपाली, बाग्मती प्रदेशको नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्षका लागि अमृत तामाङलाई उम्मेदवार बनाएको छ ।
यस्तै मधेश प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ मा अध्यक्षका लागि शिवकुमार राम र सोही पालिका वार्ड-१ को वडाध्यक्षका लागि चन्द्रकिशोर चौधरीको नाम टुंगो लगाएको छ । यस्तै रौतहटको इशनाथ नगरपालिका-७ मा वडाध्यक्षका लागि टेक साहिद, रौतहटकै राजपुर नगरपालिका वार्ड-६मा वडाध्यक्षका लागि नरुद्धिन खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने यसैगरी रौतहटकै गढीमाई नगरपालिका-८ को वडाध्यक्षका लागि टेक सुनौलालाई सिफारिस गरेको छ ।
यस्तै कोशी प्रदेशअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि बुद्धिचन विश्वासलाई उम्मेदवार बनाएको छ । सुनसरीको गढी गाउँपालिका वार्ड-८ मा वडाध्यक्षका लागि ललित चौधरी, ताप्लेजुडको सिरीजङ्घा गाउँपालिका-३ का वडाध्यक्षका लागि प्रेममा देनलाई उम्मेदवार बनाउने नाउपाले निर्णय गरेको छ।




















