गोकर्णेश्‍वर नगरपालिका मृत अवस्थामा फेला

36

 

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-३ कुमारी गाम्छा बस्ने ३३ वर्षीय सीता दंगाल नगरकोटी, उनकै छोरी १५ वर्षीया अंशु मोक्तान र २ महिनाको छोरा आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

मृतकको श्रीमानले कात्तिक १६ गतेदेखि श्रीमती, छोरी र छोरा हराई रहेको भन्ने दिएको सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा घरको ढोका फोडी हेर्दा कोठाभित्र उनीहरूको शव फेला परेको हो ।

प्रहरीले मृतकको श्रीमानलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here