सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

31

काठमाडौं । मोरङ, पथरीशनिश्चरे नगरपालिका-२ स्थित सडकमा बागमती प्र.०३-००१ ख २९२८
नम्बरको टिपरले को.२० प ६०७ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा
मोटरसाइकल चालक पथरीशनिश्चरे नगरपालिका-७ बस्ने १८ वर्षीय निश्चल आङदेम्बे र मोटरसाइकलमा सवार सोही नगरपालिका-२ बस्ने ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे उर्लाबारीमा
उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, लम्कीचुहा नगरपालिका-१ पूर्व लम्कीस्थित सडकमा सु.प.प्र ०१-००१ ख ९९६
नम्बरको बसको ठक्करबाट पैदलयात्री घोडाघोडी नगरपालिका-३ बस्ने ३८ वर्षीय दिपक कडेलको
शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल
लम्की हुँदै टिकापुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।

डोटी, शिखर नगरपालिका-८ खुनस्थित सडकमा ग.१ ज ६१७० नम्बरको बोलेरो जिपले
सु.प.प्र.०३-००१ प ०६६८ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा

मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका-१ सिर्खोली बस्ने ३२ वर्षीय लोकेन्द्र
साउँदको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सुजङ अस्पताल राजपुरमा
उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको
निसर्ग अस्पताल धनगढी कैलालीमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।

झापा, बिर्तामोड नगरपालिका-२ रामचोकस्थित सडकमा ना.३ ख ४३६४ नम्बरको ट्रकले मे.१० प ६०१७ नम्बरको स्कुटरलाई शनिबार साँझ ठक्कर दिँदा स्कुटर चालक शिवसताक्षी नगरपालिका-७ बस्ने २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल हुँदै बिएण्डसि अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको बिएण्डसि अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here