काठमाडौं । झापा, दमक नगरपालिका-१ रवि स्टेनस्थित ४३ वर्षीय राम किशोर साहको किराना कस्मेटिक र खाद्यान्न पसलमा करेन्ट सर्ट भई गए राति आगलागी हुँदा पसलमा रहेको सम्पुर्ण किराना सामान, कस्मेटिक र खाद्यान्न लगायत अन्य सरसामानहरू जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । म्याग्दी, बेनी नगरपालिका-८ कालिपुलस्थित पर्वत कुश्मा नगरपालिका-१ पाङ घर भएका सरोज श्रेष्ठको धौलागिरी मोबाइल पसलमा शनिबार बेलुकी आगलागी हुँदा पसलमा रहेका मोबाइलहरू, सिसिटिभी, फोटोकपी मेसिन जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















