मोरङको ग्रामथानमा ५४ प्रतिशत मत खस्यो

48

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा दिउँसो २ बजेसम्ममा ५४ प्रतिशत मत खसेको छ। हालसम्म १४ हजार १ सय ७४ जनाले मतदान गरेका हुन्।

७ हजार ४ सय ११ महिला र ६ हजार ७ सय ६३ पुरुषले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार विभिन्न मतदान केन्द्रमा अहिले पनि शान्तिपूर्ण मतदान जारी छ। बिहान ११ बजेपछि मतदान केन्द्रमा अलि भिडभाड बढेको थियो।

मतदानस्थलमध्ये ग्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा ५ सय ५१, लखन्तरीस्थित वीरेन्द्र माविमा १ हजार ५ सय ५८, ग्रामथान–२ झोराहाटस्थित सरस्वती माविमा १ हजार १ सय ३५, वडा कार्यालयमा १ हजार २ सय ८५, ग्रामथान–३ को सिद्राहास्थित वाणी माविमा ९ सय ८ र भौसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा ८ सय १७ मत खसेको छ।

त्यस्तै, ग्रामथान–४ को मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा १ हजार ५, लोहासुरस्थित महेन्द्र माविमा १ हजार ६४, ग्रामथान–५ को तेतरियास्थित देवी माविमा २ हजार २ सय ९४, ग्रामथान–६ को रविहाटस्थित पब्लिक माविमा १ हजार ९ सय ३४, ग्रामथान–७ को धोवियारेस्थित गणेश माविमा १ हजार १ सय २३ र  बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा ५ सय खसेको छ।

अध्यक्ष चयनका लागि उपनिर्वाचन जारी रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता छन्। १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ। साँझ ५ बजेसम्म मतदान जारी रहने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here