काठमाडौं । चीनको औपचारिक भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारत भ्रमणको व्यवस्था मिलाउने जनाएका छन् । चार दिने भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस्तो जनाएका हुन् ।
अब दक्षिणको भ्रमण कहिले ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुंग्याउन सकिन्छ ?’
जवाफमा उनले भनेका छन्, ‘मैले त्यति थाहा पाएको छैन । यस्तो कुरा । र, म के भन्छु भने दक्षिणको मिडियाले अलि मित्रहरूलाई भड्काउने, आक्षेप गर्ने खालको कुरा कुनै मिडियाले गरेको छ भने लिडरहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन ।
कुनै मिडियाबाट कतै त्यस्तो भएको छ भने त्यो राम्रो तरिका होइन । म त्यति भन्न सक्छु ।’

















