छन्त्यालको “पञ्चेबाजा गीत बाग्लुङ बुर्तीवाङ्गमा” म्यूजिक भिडियो सार्वजनिक

17

काठमाडौं ।  चर्चित गायक युवराज छन्त्यालको “पञ्चेबाजा गीत बाग्लुङ बुर्तीवाङ्गमा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौं हिट गीत मार्फत दर्शक श्रोताको माया बटुलिसकेका गायक छन्त्याल यस भिडियोबाट पनि उस्तै माया पाउने आश रहेको उनी बताउछन । गीतमा उनको आफ्नै शब्द र स्वर रहेको छ भने गीतमा उनलाई तिर्सना घर्ती मगरले स्वरमा साथ दिएकी छिन । गीतमा सुर्य खड्काको लय, कुमार थापाको एरेन्ज, रेकर्ड, मिक्सिङ रहेको छ । गीतलाई सुजन म्युजिकल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

भिडियोलाई शिवान पोखरेलले निर्देशन गरेका छन । भिडियोमा शिबान पोखरेल, अस्मिता राना, सारिका के सी, निर्मल क्षेत्री, उषा सुवेदी, गृवान बानिया, कुल बहादुर ओलि,भिम के सि लगायतको अभिनय रहेको छ । भिडियोको छाँयाकन, सम्पादन ओम प्रसाई, मेकअप राकेश रानापहालीको रहेको छ ।
भिडियोलाई गायक युवराज छन्त्यालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here