सिद्धार्थ बैंकले सञ्चिति नाफाबाट ४ प्रतिशत नगद लाभांश दिने

35

काठमाडौं । सिद्धार्थ बैंकको लाभांश घोषणा भएको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वित्तीय विवरणमा आधारित सञ्चिति नाफाबाट ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले जानकारी दिए ।

योसँगै बैंकले करसहित ५६ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

बैंकले अघिल्लो वर्ष ४.२१ प्रतिशत नगद लाभांश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here