मसला तथा जडिबुटी तालिम सम्पन्न

59

काठमाडौं । परम्परागत आरोग्य संस्था नेपाल तथा नेवा ग्वाहालि पुचः १३ १५ वडाको संयुक्त आयोजनामा मसला तथा जडिबुटी तालिम शनिबार सम्पन्न भएको छ ।

काठमाडौंको डल्लुमा रहेको जगत सुन्दर ब्वनेकुथिमा ३ दिन (मंसिर ८, १५, २२) शनिबारको विदाको दिन पारेर तालिम संचालन गरिएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि बाग्गमती प्रदेशको पुर्व संस्कृति तथा पयर्टन मन्त्री सैलेन्द्र मान बज्र्राचार्य सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र, प्रशिक्षक मन्जित शाक्यलाई मायाको चिनो, कार्यक्रमका संयोजक संजय रत्न शाक्यलाई सुभाय पौं (धन्यवाद पत्र) प्रदानका साथै खाडा ओढाएर सम्मान गरिएको थियो ।

प्रमुख अतिथि पुर्व मन्त्री  सैलेन्द्रमान बज्र्राचार्यले हाम्रो दैनिक जिवनमा नुन, तेल, चिनीको प्रयोगमा सजग रहनु पर्नेमा जोड दिदै तालिम सबैको महत्वपूर्ण तालिम भएको जनाउँदै रास्वपाबाट निर्वाचित कामपा १६ वडा अध्यक्ष रोजिना श्रेष्ठले यस तालिममा आर्बद्ध भएकाले अझ शसक्त ढंगबाट घर-घर यो अभियान संचालनमा अनुरोध समेत गरे ।

परम्परागत आरोग्य संस्था नेपालका प्रशिक्षक मन्जित शाक्यले यस तालिमबाट सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्न अनुरोध गरे ।

काठमाडौं महानगरपालिका १६ वडाका अध्यक्ष रोजिना श्रेष्ठले याे तालिम विशेषगरी महिलाहरुले लिनै तालिम रहेको हाे । हाम्राे घरमै रहेको घरेलु मसलाले औषधीका रूपमा काम गर्ने सकिने ज्ञान हासिल भएकाले यो तालिम अत्यन्त फाइदाजनक भएको जनाइन् ।

नेवाः राजनैतिक अभियान काठमाडौं महानगर कमिटीका अध्यक्ष मदन हर्ष बज्राचार्यले सबैले सकभर निरोगी भई जिवन निर्वाहमा जोडदिदै पुचःका अन्य संस्थाहरुले तालिम आयोजना गर्न अनुरोध गरे ।

नेवाः आदिबासी राजनीति अभियानका हामा पुचःका सह संयोजक मदन सेन बज्राचार्यले हामीले परम्परागत घरेलु औषधीको प्रयोग अहिले विर्सिदै गएकाले अहिले व्यवहारिक रुपमा प्रयोग गर्न सकेको खण्डमा आर्थिक बचत तथा शाररिक रुपमा समेत फाइदा धारणा राखे । साथै अभय उपचार विधि विपश्यना विधिलगायत विभिन्न औषधोपचार विधिका बारेमा जानकारी हासिल गर्न सकेको खण्डमा हामीले सबैलाई राम्रो काम गरेर जान सकिने जनाए ।

नेवाः ग्वाहालि पुचः हामा पुचःका संयोजक विष्णु चित्रकारले रोग लाग्नु भन्दा रोग नलाग्ने कुरामा ध्यान दिनु पर्ने जोड दिदै आयोजकले यथासिंघ्र घरेलु मरमसलाको प्रयोग सम्बन्धी पुस्तक प्रकाशन गर्न अनुरोध गरेका थिए ।

यस तालिममा घरायसी बस्तुहरु मरमसलाहरुलाई हामीले कुन रुपमा प्रयोग गर्दाखेरी हाम्रो साधारण रोगदेखि लिएर ठूलो रोगहरु हामीले निवारण गर्न सकिने भरपुर्व रुपमा सिक्न पाएको तालिममा सहभागीहरुले धारणा राखेका छन् । यो तालिममा घरमै पैसा नतिरिकन घरमै भएका मरमसलाहरुको मात्राहरुबारे विरामी पर्दा के कसरी प्रयोग गर्ने बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा नेवाः राजनीतिक अभियान इन्चार्ज गोर्की श्रेष्ठले नेवार समुदायले राजनीति गर्नुपर्ने जनाउँदै संविधान के हो, ऐन के हो ? भन्ने बारेमा बुझ्नु पर्ने जनाए ।

भिडियाे तल क्लिक गरि हेर्न सक्नु सकिन्छ :

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here