एनओसीका उपाध्यक्ष सुनिल श्रेष्ठले निर्वाचनमा भाग नलिने

66

काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले एनओसीको निर्वाचन प्रक्रियामा सहभागिता नजनाउने भएका छन् ।

नेपाल फेन्सिङ संघका अध्यक्ष समेत रहेका उनले एनओसीका निर्वाचन अधिकृतलाई पत्र लेख्दै निर्वाचनमा सहभागी हुन नसक्ने जानकारी गराएका हुन् ।

निर्वाचनका लागि दिइएको सूचनाअनुसार निर्वाचन प्रक्रियामा सहभागिता जनाउँदा उच्च अदालत पाटनले जारी गरेको कारणदेखाउ आदेशको अवज्ञा हुने, राष्ट्रिय खेलकुद परिषदको पत्रको उल्लंघन हुने र युवा तथा खेलकुद र गृह मन्त्रालयको आदेशको विपरित हुने भएकोले उनी निर्वाचन प्रक्रियामा सहभागी नहुने भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here