प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप एमालेमा प्रवेश

51

पर्सा । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप लगायतलाई एमालेमा प्रवेश गराएका छन्।

एमालेको पर्सा जिल्ला कमिटीद्वारा आइतबार औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवाल लगायत  नेता/ कार्यकर्ता एमालेमा प्रवेश गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा थिए।

कार्यक्रममा पर्साबासीका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गरेका थिए।

कार्यक्रममा एमालेको मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, नेताहरु पुरुषोत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा, सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह,  मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्री सरोज यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललगायत सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here