गणतन्त्रलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्छ : सभापति देउवा

39

काठमाडौं । सभापति देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सफल र विश्वसनीय बनाउन सबै एकजुट भएर लाग्नुपर्ने जनाएका छन्।

राष्ट्रिय मेलमिलाप दिवस तथा कांग्रेसले चलाएको १०० दिने विशेष अभियानअन्तर्गत मङ्गलवार काठमाडौंमा आयोजक कार्यक्रममा बोल्दै यो व्यवस्था नै स्थायी हुने दाबी गरे।

उनले भने, ‘गणतन्त्रलाई सफल बनाउन र विश्वसनीय बनाउनु सबैको कर्तव्य हो। मलाई लाग्छ यो गणतन्त्र स्थायी हुन्छ तर सुदृढ गर्दै जानुपर्छ। अहिले सबै नेपालीहरूको एकता आवश्यक छ। मेलमिलाप कांग्रेसका लागि मात्र होइन, देशभरका लागि राष्ट्रिय मेलमिलाप गर्न कांग्रेसले अग्रसरता लिनुपर्छ ।’

उनले बिपी कोइराला र गणेशमान सिंह त्यसबेला चुनौती राखेर नेपाल फर्किएपछि उनीहरूकै नीतिअनुसार राजनीति घुमिरहेको स्मरण गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here