काठमाडौं । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका सदस्य श्री थानेदारले बंगलादेशमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।
बंगलादेशको अन्तरिम सरकारले हिन्दूलगायत अल्पसङ्ख्यक समुदायको सुरक्षा प्रत्याभूति गर्न असफल भएको भन्दै थानेदारले अमेरिकाको विदेश मन्त्रालय र अर्थ मन्त्रालयले बंगलादेशमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका हुन् ।
विद्यार्थी आन्दोलनसँगै प्रधानमन्त्री शेख हसिनाले पद त्याग गरेपछि बंगलादेशमा अन्तरिम सरकार गठन भएसँगै त्यहाँ इस्लामिक अतिवाद बढ्दै गएकोमा चिन्ता उत्पन्न भएको छ । त्यसबाहेक बंगलादेशमा हिन्दू लगायत अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी आक्रमणका घटना पनि बढ्दै गएका छन् ।

















