रूपन्देही । बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँस्थित लुम्बिनी बौद्ध विश्व विद्यालय सिटि क्याम्पसको कम्युटर कोठमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा उक्त कोठामा रहेका प्रिन्टर १ थान, मनिटर ३० थान, सिपियु २ थान र फर्निचर लगायतका सामान जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















