पत्रकार पेन्सन कोष स्थापना हुँदै

13

काठमाडौं । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।

शाखाको जिल्ला कार्यसमितिको मंगलबारको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लाका पत्रकारलाई पेन्सन रकम प्रदान गर्ने निर्णय गरेको हो ।

जिल्लामा क्रियाशील पत्रकारहरूलाई पत्रकारिता पेसामा टिकाइराख्न ७० वर्षभन्दा माथिका पत्रकारहरूलाई पेन्सनको व्यवस्था गर्ने उद्देश्यले पेन्सन कोष स्थापना गर्ने निर्णय भएको महासंघ खोटाङका अध्यक्ष हरिबाेल आचार्यले जानकारी गराए ।

पेन्सन कोष सञ्चालन कार्यविधि निर्माण गर्न महासंघ खोटाङ शाखाका तीन पूर्वअध्यक्षहरूलाई जिम्मेवारी दिने निर्णय भएको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here