इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति

47

एजेन्सी । इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति भएको छ। युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौता भएको छ।

इजरायल र हमासबीचको यो सम्झौता कतारमा अन्तिम रूप दिइएको छ। कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको सोमबारदेखि लगातारको प्रयत्न बुधबार राति सफल भएको जानकारी एक स्रोतले बीबीसीलाई दिएको हो।

सम्झौताको औपचारिक रूपमा घोषणा भने गरिएको छैन। यो सम्झौताले लाखौं विस्थापित गाजाहरूलाई घर फर्कन अनुमति दिनेछ भने बन्धकहरूको रिहाइको सुनिश्चितता गरेको छ।

नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन् । यो सम्झौतासँगै विपिनको रिहाइको पनि बाटो खुलेको छ।

गाजामा हमास र इजरायलबीच अक्टोबर ७, २०२३ देखि युद्ध चलिरहेको छ। हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो। जवाफमा इजरायलले हमासविरुद्ध गाजामा सैन्य आक्रमण सुरु गर्दा युद्ध जारी रहेको हो।

हाल भने हमाससँग ९४ इजरायली बन्धक मात्र बाँकी छन्। तर इजरायलले यी बन्धकमध्ये ६० जना मात्र बाँचेको बताएको छ। नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन्। यो सम्झौतासँगै विपिनको रिहाइको पनि बाटो खुलेको छ।

गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ४६ हजार ५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here