अभिनेता दिलीप रायमाझीकाे बुवा बित्याे

49

काठमाडौं । अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ । उनका बुबा आनन्दकुमार रायमाझीको ७८ बर्षको उमेरमा गएराति कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । बुबाको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अमेरिकामा रहेका दिलीप शुक्रबार राति काठमाडौँ आइपुगेका थिए । दिलीपका बुबाको पार्थिव शरीरलाई आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here