नेपाल मजदुर किसान पार्टीको नयाँ नेतृत्व आज चयन हुँदै

61

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनबाट नयाँ नेतृत्व आज चयन हुँदैछ । पार्टी  केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन सोमबार सकिएन  र आज  नयाँ नेतृत्व चयन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै सोमबार सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको थियो । सोमबार बन्द सत्रमा हिजो पेस भएका प्रतिवेदनमाथि सात वटा समूह बनाएर छलफल, पार्टीको विधान संशोधनबारे बहस, महाधिवेशनको घोषणा पत्र तयारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीतिलगायत विषयमा छलफल गर्दा समय अपुग हुँदा सोमबार नसकिएर दिन लम्बिएको हो ।”

महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here