अस्ट्रेलियाका रोस बने राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षक

48

काठमाडाैं । राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन्।

अखिल नेपाल फूटबल संघ (एन्फा)ले रोसलाई आइतबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो। उनलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाका महासचिव किरण राईले बताए।

एन्फाका महासचिव किरण राई र रोसले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। रोसको अगुवाइमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको महासचिव राईले जनाएका छन्।

यसअघिका मुख्य प्रशक्षिक इटालीका भिनसेन्जो अल्बर्टो एनेससँगको सम्झौता गत भदौमा सकिएको थियो। त्यसयता नेपाली टोली प्रशिक्षकविहीन थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here