एन्फाको वार्षिक साधारण सभा बैशाख २६ गते हुने

12

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक साधारण सभा बैशाख २६ गते हुने भएको छ । सोमबार एन्फाको कार्यसमिति बैठकले बैशाख २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

अध्यक्ष पंकज बिक्रम नेम्वाङको यो नै अन्तिम नियमित साधारण सभा हो । यसपछि एन्फाको चुनावी साधारण सभा हुनेछ । एन्फाको नेतृत्वको हिसाबले नेम्वाङले अन्तिम वर्षको कार्यक्रम साधारण सभाबाट पारित र कार्यान्वयन गर्नेछन् । त्यो हिसाबले समेत बैशाखको साधारण सभालाई महत्वपुर्ण मानिएको छ । अन्तिम वर्षमा महिला फ्रेन्चाईज लिग गर्ने जस्ता नयाँ कार्यक्रमलाई वर्तमान कार्यसमितिले सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here