राप्रपाका महामन्त्री जबरा स्वास्थ्य उपचारका लागि मुम्बई जाने

39

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबरा बुधबार स्वास्थ्य उपचारका लागि मुम्बई जाने भएका छन्।

यसअघि क्यान्सरको उपचार गराइसकेका जबरा फलोअपका लागि भारतको मुम्बई जान लागेको राप्रपाले जानकारी दिएको छ।

गत चैत १५ गते तीनकुनेमा भएको राजसंस्था पक्षधर आन्दोलनपछि समातिएका राप्रपा महामन्त्री जबरा आइतबार साँझ हाजिर जमानीमा रिहा भएका थिए। उनलाई उपचारका लागि हाजिर जमानीमा रिहा गरिएको थियो ।

उनीसँगै चैत १५ गते नै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै हिरासतमै छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here