दाङ । भारतको कश्मीरमा भएको आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव बिहीबार बिहान बुटवल घरमा ल्याइएको छ ।
आमा, बहिनी र ज्वाइँसहित घुमघामका लागि कश्मीरमा गएका बुटवलका युवा सुदिपको उक्त हमलामा ज्यान गएको थियो ।
रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले सुनौली नाका हुँदै सुदिपको शव बिहीबार बिहान घरमा ल्याइएको जानकारी दिए ।
आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् ।
परिवार स्रोतकाअनुसार पार्थिव शरीर बिहीबार नै अन्त्येष्टि गर्ने तयारी छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका- १४ घर भए पनि उनी बुटवल- ११ मा बस्दै आएका थिए ।


















