फ्राइड चिकेन अब केवल खानेकुरा मात्रै रहेन, यो एउटा टुथपेस्ट पनि बनेको छ । चर्चित फास्टफूड चेन केएफसीले हालै फ्राइड चिकेनको स्वाद भएको टुथपेस्ट बजारमा ल्याएको छ । यसको स्वाद केएफसीका सबै ११ जडिबुटी तथा मसलाबाट प्रेरित छ ।
अमेरिकाको केन्टकीस्थित फास्टफूड चेन केएफसीको नयाँ टुथपेस्ट उसको सक्कली हट चिकेन परिकारको जूसी टुक्राजस्तै रहेको छ । यसले प्रयोगकर्ताको मुखलाई फ्राइड चिकेनको स्वादले भरिदिनेछ र मुखलाई ताजा तथा सफा महसुस गराउनेछ ।
हिस्माइलका मार्केटिंग प्रबन्धक कोबन जोन्स भन्छन् – हामीलाई सीमाहरुभन्दा अगाडि बढ्न मन पर्छ र केएफसीका प्रसिद्ध स्वादहरुहरुलाई दैनिक आवश्यकतामा सामेल गर्नुभन्दा राम्रो तरिका अरु के हुनसक्छ ?
फ्लोराइडमुक्त फर्मूृला
वेबसाइटमा रहेको टुथपेस्टको विवरण खण्डमा दाबी गरिए अनुसार यसमा फ्लोराइड मुक्त फर्मूला रहेको छ र यसमा लामो समयसम्म मुखको स्वास्थ्यलाभ गराउने गुण रहेको छ ।
यद्यपि अब यो टुथपेस्ट पुनः उत्पादन गरेर बजारमा कहिले उपलब्ध हुन्छ भन्ने निधो छैन ।

















