थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली महिला टाेली

34

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

एएफसी वुमन्स एसियन कप क्वालिफायरको तयारी स्वरुप महिला टोलीले थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एन्फाको अनुसार पहिलो खेल मे ३० मा क्लोज डोरमा हुनेछ भने दोस्रो खेल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ । उक्त खेल जुन २ मा हुनेछ ।

दुवै खेल बैंककमा हुने एन्फाले जनाएको छ ।

एएफसी वुमन्स एसियन कप क्वालिफायरका लागि प्रशिक्षक राजेन्द्र तामाङले ४८ खेलाडीलाई प्रशिक्षणमा बोलाएको एन्फाले जनाएको छ ।

नेपाली टिमको तयारी मे ४ मा सुरु हुनेछ । जुन २९ देखि जुलाई ५ सम्म हुने एएफसी वुमन्स एसियन कप क्वालिफायरमा नेपाल, उज्वेकिस्तान, लाओस र श्रीलंका एकै समूहमा छन् । यस समूहका खेल उज्वेकिस्तानमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here