कबिन्द्र महर्जन गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ सिजन २ को साईट्लेस अडिसनमा छनौट

181

काठमाडौं । चन्द्रागिरिका कबिन्द्र महर्जन मेरो भ्वाइस युनिभर्स’ सिजन २ को साईट्लेस अडिसन पार गर्दै अगाडिको चरणमा प्रवेश  गरेकाे छ ।

चन्द्रागिरि नगरपालिका–१० निवासी तथा काजीमान महर्जन र बिष्णु माया महर्जनका सुपुत्र कबिन्द्र महर्जन गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ सिजन २ को साईट्लेस अडिसन सफलतापूर्वक पार गर्दै अगाडिको राउण्ड का लागि छनौट भएका छन्।

नेपाल टेलिभिजनबाट हिजोदेखि प्रशारण सुरु भएको सो शोको Episode 1 मा कबिन्द्रले उत्कृष्ठ प्रस्तुति दिएका थिए। कार्यक्रमका ६ जना निर्णायकमध्ये ४ जनाले उहाँलाई अघिल्लो चरणमा प्रवेश गराएका हुन्।

मेरो भ्वाइस युनिभर्स हरेक हप्ता बिहिबार र शुक्रबार नेपाल टेलिभिजनमा प्रशारण हुनेछ।

संगीतप्रति अत्यन्त रुचि राख्ने कबिन्द्रको यो सफलता चन्द्रागिरि क्षेत्रका लागि गर्वको विषय बनेको छ। उहाँलाई आगामी चरणमा अझ उत्कृष्ट प्रदर्शन गर्न सफल रहाेस् भनेर उनका शुभ चिन्तकहरुले शुभकामना व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here