नवनियुक्त ऊर्जाज्यमन्त्रीले शपथ लिए

50

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइराज्यमन्त्री खमबहादुर गर्बुजाले शपथ लिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्च अधिकारी उपस्थित थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

यसअघिका ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई देउवाको सिफारिसमा प्रधानमन्त्रीले बर्खास्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here