डब्‍ल्‍यूएचओको कार्यकारी सदस्यमा नेपाल सर्वसम्मत निर्वाचित

22

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्‍ल्‍यूएचओ)को कार्यकारी सदस्यमा नेपाल सर्वसम्मत निर्वाचित भएको छ। जेनेभामा जारी संगठनको ७८ औँ महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो।

अब नेपाल तीन वर्ष संगठनको कार्यकारी समितिमा रहनेछ। निर्वाचित भएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यो नेपालका लागि स्वास्थ्य सेवा सुधारमा आफ्ना असल स्वास्थ्य अभ्यासको प्रसार र विश्वका असल अभ्यासको अनुकरणको ठूलो अवसर भएको उल्लेख गरेका छन्।

मन्त्री पौडेलले यसका लागि सबै नेपालीलाई बधाईसमेत दिएका छन्।

नेपालले आगामी वर्ष आप्रवासी श्रमिकको स्वास्थ्यका लागि रोजगारदातालाई जिम्मेवार बनाउन संकल्प प्रस्ताव लैजाने तयारी गरेको मन्त्री पौडेलले बताए। यसले नेपाली श्रमिक तथा विश्वभरका श्रमिकको स्वास्थ्यका पक्षमा महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here