बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परिन्

32

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।

बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् । शाही पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएकाे बलात्कार प्रकरणकी पीडित हुन् । पछि महराले यसमा सफाइ पाएका थिए ।

भक्तपुरका एसपी माधव बुढाथोकीका अनुसार, आइतबार दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् । भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । उनको शरीरमा बाहिर कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । मृतक शाहीका छोराछोरी विदेशमा रहेका छन् । श्रीमान् भने कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here