मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित

32

काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको छ ।

सिंहदरबारमा आज बसेको प्राधिकरणको बैठकले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको हो । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले बैठकमा यो वर्ष मनसुनजन्य विपद् बढी हुनसक्ने भएकाले प्रतिकार्य योजना बनाई पेश गरिएको र बैठकले पास गरेको जानकारी दिनुभयो ।

बैठकले काठमाण्डाै उपत्यकाको निकासका रूपमा रहेको चोभारको खोंचका अवरोधहरू हटाउने निर्णय पनि गरेको छ । शहरी विकास मन्त्रालयको नेतृत्वमा नेपाली सेनामार्फत चोभार खोंचमा बागमती नदीमा भएका अवरोध हटाउने निर्णय गरेको भट्टले जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनयाममा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागका अनुसार यही जेठ १८ देखि असार १६ गतेसम्म सरदरभन्दा बढी वर्षा हुनेछ भने असार १७ देखि साउन १५ र साउन १६ देखि भदौ १५ गतेसम्म वर्षा कम हुने सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here