काठमाडौं । राइड सेयरिङ रोक्न माग गर्दै सार्वजनिक यातायात व्यवसायीले यातायात ठप्प पारेपछि सर्वसाधारणले सास्ती व्यहोर्नेुपरेको छ ।
अधिकांश सार्वजनिक यातायात व्यवसायीहरु गाडी ग्यारेजमा थन्काएर आन्दोलनमा लागेका छन् । यहि मेसोमा राइड सेयरिङहरुले पनि भाडा बढाएपछि सर्वसाधारण मारमा परेका छन् ।
गन्तव्यमा हिडेका यात्रुहरु अहिले समस्या देखिएका छन् । केहिले राइड सेयरिङ प्रयोग गरिरहेका छन् भने मयुर यातायात र साझा यातायातले बस सञ्चालन गरिरहेका छन् । तर यात्रुको संख्या उच्च भएपछि ती सवारी प्रयाप्त भएका छैनन् ।


















