राजसंस्था पक्षधरहरूले सिफलमा प्रदर्शन गर्दै

26

काठमाडौं ।  राजसंस्था पक्षधरहरूले मंगलबार काठमाडाैं सिफलमा प्रदर्शन गर्ने भएका छन्।

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले सोमबार बेलुका विज्ञप्ति जारी गर्दै मंगलबार आन्दोलन सिफल चौरमा दिउँसो २ बजेदेखि सुरु हुने जानकारी गराएको छ।

राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र कायम हुनुपर्ने मागसहित उनीहरूले जेठ १५ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन्।

साेमबार भने उनीहरूले कुनै आन्दोलनको कार्यक्रम राखेका थिएनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here