नेपालले लगभग ३७ वर्षपछि हङकङसित फुटबल खेल्दै

25

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल जगतमा नेपालले लगभग ३७ वर्षपछि नेपालले आज बिहीबार हङकङविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने भएकाे छ ।

याे भन्दा अघि  नेपालले सन् १९८८ मा  एसियाकप छनोटको काठमाडौंमा भएको थियाे । जुन खेलमा दुबै टाेलीले  गोलरहित बराबरीमा खेलेकाे थियाे ।

नेपालले  हङकङविरुद्ध उसकै भूमिमा ५ बजेर ४५ मिनेट खेल्दै छ ।  नेपाल मुख्य प्रशिक्षक म्याट रसको नेतृत्वमा एसियाकप छनोट खेल्ने तयारीमा रहेकाे छ । याे खेलबाट नेपाली टिम कहाँनिर छ भन्ने जाँच गर्ने अवसर प्राप्त हुनेछ ।  यो खेललाई लिएर प्रशिक्षक म्याट र कप्तान किरण लिम्बू दुवै उत्साहित रहेका छन् ।

खेल अगाडि आयोजित प्रि–म्याच कन्फ्रेन्समा रसले भनेका छन्, ‘हामीले हङकङलाई नजिकबाट हेरेका छौं । यो बलियो टिम हो, तर हामीले यसबारे राम्रो अध्ययन पनि गरेका छौं ।’ सो कोन पोस्थित हङकङ रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने छ बजे सुरु हुनेछ । यो खेलपछि नेपालको ध्यान लाओसविरुद्ध हुने छनोट खेलमा हुनेछ ।

‘हङकङविरुद्धको खेलमा देखिन सक्ने कमजोरीलाई सच्याएर हामी लाओसको समना गर्नेर्छौं,’ रसले भनेका छन् । कप्तान लिम्बूले पनि लाओसको सामना गर्न अगाडि हङकङविरुद्धको खेल राम्रो अभ्यासका रूपमा रहने जनाएका छन् । उनले भनेका छन्, ‘हामी हङकङ टिमको सम्मान गर्छौं ।’ नेपाली टिमले बुधबार अबेर हङकङ रंगशाला अभ्यास पनि गरेको थियो ।

हङकङले पनि पछिल्लो साता इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग अभ्यास खेल खेलेको थियो र त्यसमा टिम ३–१ ले पराजित रहेको थियो । फिफा वरीयतामा हङकङ नेपाल भन्दा २२ स्थान माथि रहेको छ । यही खेलमा नेपाली फरवार्ड अञ्जन विष्टले सर्वाधिक गोलको कीर्तिमान पनि बनाउन सक्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here