काठमाडौं । सप्तरीस्थित सप्तकोसीमा दुई गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक पुगेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी नदीमा बिहीबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए ।
बेपत्ता गोताखोरबारे बुझ्न लेखक शुक्रबार हल्चोक पुगेका हुन् । हल्चोक पुगेर उनले शोकलाई शक्तिमा बदल्दै थप सचेत भएर काम गर्न निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी हेडक्वाटरले घटनाबारे गृहमन्त्री लेखकलाई ब्रिफिङ गरेको छ ।
बेपत्ता मध्ये एक जना गोताखोर राजवंशीको शव तीन किलोमिटर तल भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । अर्का एक जना भने अहिलेसम्म बेपत्ता छन् ।


















