वाईसीएलको अध्यक्षमा पुष्प ओली चयन

24

काठमाडौं । माओवादी केन्द्रसम्वद्ध वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन्।

राजधानीमा भएको तेस्रो सम्मेलनबाट ओली नेतृत्वमा सर्वसम्मत बनेका हुन्। त्यसैगरी महासचिवमा गणेश शाही चुनिएका छन्।

आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा चार पटकसम्म निर्वाचन कार्यतालिका संशोधन भएको थियो।

बिहिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलेको सम्मेलन आजदेखि चाबहिल मित्रपार्कमा रहेको गोल्डेन पार्टी प्यालेसमा सारिएको थियो।

वाईसीएल नेताहरुका अनुसार अध्यक्षका आकांक्षी १३ जना आकांक्षी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here