संविधान परिस्थितिअनुसार संशोधन गर्न सकिने

23

काठमाडौं । रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिने जनाएका छन् ।

सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्द मन्त्री राईले यस्तो जनाएका हुन् ।

गैह्रआवासीय नेपाली र ब्रिटिश गोरखामा भर्ती भएकाहरुको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए । संविधानका कतिपय जटिलताहरु संशोधन गर्दै जानुपर्ने विषय भएको पनि बताए । उनले नेपालको संविधान अपरिवर्तनीय नभनिएको जनाउँदै संविधान अकाट्य वस्तु नरहेको जिकिर गरे ।

मन्त्री राईले भने,’समस्या समाधान गर्दै जाऔँ । संविधानका कतिपय जटिलताहरु संशोधन गर्दै जानुपर्ने विषय पनि होला । ति कुराहरु पनि भोलि नगरी नहुने कुनै परिस्थितिमा छ भने हाम्रो नेपालको संविधान त अपरिवर्तनीय त भनिएको छैन । हामीले भनेका छैनौँ । संविधान अकाट्य भनेर भनेका छैनौँ । समय र परिस्थितिअनुसार संशोधन गर्न सकिनेछ । केही सीमाना हामीले गुमाउनु परे पनि हामी जे होस्, स्वतन्त्र दिवस मनाउनु नपर्ने हाम्रो देश यसलाई गौरव मानौँ । हाम्रो इतिहास र वीरताको कहानी छ ।’

मन्त्री राईले नेपालले केही सीमानाहरु गुमाउनु परेको भएपनि नेपाल स्वतन्त्र देश रहेको बताए । उनले नेपालको इतिहास र वीरतालाई गौरव मानेर अघि बढ्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here