ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन

22

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरे जनाइएको छ । बीबीसीको अमेरिकी साझेदार सीबीएसकले यस्तो समाचार छापेको हो ।

तर, ट्रम्पले इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने बारेमा अन्तिम निर्णय भने लिई नसकेको बताइएको छ ।  इरानले आफ्नो आणविक कार्यक्रम त्याग्न सहमति जनाएमा ट्रम्पले आफ्नो आक्रमण योजना रोक्न सक्ने एक वरिष्ठ गुप्तचर स्रोतले सीबीएसलाई बताएका छन् ।

यो समाचार पहिलो पटक वाल स्ट्रिट जर्नलले छापेको थियो । बुधबार, इरानमा अमेरिकी हस्तक्षेपको बारे सोध्दा ट्रम्पले ‘म त्यो गर्न सक्छु, म त्यो नगर्न पनि सक्छु’ भन्न जवाफ दिएका थिए ।

जुन १३ मा, इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गर्‍यो । बदला स्वरूप इरानले पनि इजरायलमाथि आक्रमण ग‍र्याे । त्यसबेलादेखि दुई देशबिचको द्वन्द्व जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here