इजरायलसँग युद्ध गरिरहेको इरानमा १६ नेपाली

18

काठमाडौं । इजरायलसँग युद्ध गरिरहेको इरानमा १६ नेपाली रहेको सरकारले जनाएको छ।

प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको बजेटमा सांसदहरूले उठाएको जवाफ दिने क्रममा इरानमा १६ नेपाली रहेको परराष्ट्रमन्त्री ड.आरजु राना देउवाले जानकारी दिइन्।

‘इरानमा १६ नेपाली रहनुभएको छ। ११ जना मसाद भन्ने स्थानमा हुनुहुन्छ। ५ जना भने गैरकानुनी रूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ,’ परराष्ट्र मन्त्री डा. राणाले भनिन्।

उनले भोलि भारतीय विमानमा ११ जना भारतसम्म आइपुग्ने जानकारी दिइन्। भारतले आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालीलाई पनि उद्धार गरिदिने बताएकाले सरकारले सहमति जनाएको जनाइन्।
११ जनामध्ये एक जनाको ट्राभल डकुमेन्ट नभएकाले बनाउन प्रक्रिया सुरु भएको परराष्ट्र मन्त्री डा. राणाले जनाइन्।

५ नागरिक गैरकानुनी रूपमा जेलमा रहेकाले यही अवस्थामा कसरी छुटाउन सकिन्छ भनेर पहल भइरहेको जनाइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here