काठमाडौं । सिराहा, बरियारपट्टी गाउँपालिका-३ स्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने कुलेश्वर मण्डलको छोरा १० वर्षीय रन्जन मण्डलको बुधबार साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरी, सुरूङगा नगरपालिका-३ लक्ष्मीपुर बस्ने रोशन सदाकी छोरी २ वर्षीया आरोही सदाको घर नजिकै रहेको पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सप्तरी, बोदेबरसाइन नगरपालिका-१० बस्ने मो.नसेबुलकी छोरी ३ वर्षीया आफिया खातुनको खडक नगरपालिका-११ स्थित पानीको खाल्डोमा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-१० पुरानो बसपार्कस्थित होटल दियालोको स्वीमिङ पुलमा डुबेर सोही महागनरपालिका-११ रानीघाट टोल बस्ने प्रमोद रौनियारको छोरा ९ वर्षीय बजरंगी रौनियारको बुधबार राति मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















