सरकारलाई साउन २१ गतेसम्मको अल्टिमेटम

34

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक विधेयक पारित गर्नुपर्ने भन्दै सरकारलाई साउन २१ गतेसम्मको अल्टिमेटम दिएको छ। पूरा नभए कडा आन्दाेलनकाे चेतावनी महासंघले दिएकाे छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्मको समग्र अवस्था विश्लेषण गर्दा राज्यपक्ष फेरि नेपाली शिक्षक– कर्मचारीलाई धोका दिन र आन्दोलन तर्फ धकेल्न उद्दत रहेको प्रतीत हुने बताउँदै साउन २१ गतेसम्मको लागि अल्टिमेटम दिएको उल्लेख गरेका छन्।

‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमती समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी कम्तीमा २०८२ साउन २१ गते अघि पारित गराउन हामी सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं’, विज्ञप्तिमा भनिएको छ।

उक्त अवधिमा विधेयक पारित भइ अघि नबढेमा वा सहमतिविपरीत भएमा विगतभन्दा कडा आन्दोलनमा जाने विज्ञप्तिमा चेतावनी दिइएको छ।

Sikshak-Mahasangh-2-1752832271.jpg

Sikshak-Mahasangh-3-1752832270.jpg

Sikshak-Mahasangh-1-768x1024-1752832269.jpg

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here