डिशहोम र ल्यानिज हबबीच सहकार्य

31

काठमाडौं । डिशहोमले ल्यानिज हब सँग सहकार्य गर्दै विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनहरूमा ५० प्रतिशतसम्मको छुट ल्याएको छ।

योसँगै अब ग्राहकहरूले डिशहोमका सेवा लिएर उच्च गुणस्तरका ग्याजेटहरू अर्धमूल्यमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

छुट पाउन ग्राहकहरूले डिशहोम इन्टरनेट वा टिभी सेवा ३/६/१२/२४ महिनाका लागि सब्स्क्राइब  वा रिचार्ज  गर्नुपर्नेछ। त्यसपछि उनीहरूले ५० प्रतिशत छुटमा हाई फ्युचरका स्मार्ट ग्याजेटहरू अनलक खरिद गर्न सक्नेछन्।

यस योजनामा समावेश गरिएका ग्याजेटहरूमा सोनिक एयर एयरबड १ हजार ७४९ (बजार खुद्रा मूल्य: ३ हजार ४९९), जोन २ स्मार्टवाच २ हजार ७४९ (बजार खुद्रा मूल्य: ५ हजार ४९९) र भोकल स्पिकर ४ हजार ४९९ (बजार खुद्रा मूल्य: ८ हजार ९९९) रहेका छन्।

डिशहोमले केवल इन्टरनेट र टिभी सेवा मात्रै होइन, ग्राहकको दैनिक जीवनशैलीलाई स्मार्ट र सजिलो बनाउन प्रिमियम एक्सेसोरीहरू पनि ल्याउँदै आएको छ। यो अफर आजैदेखि लागू भएको छ। इच्छुक ग्राहकहरूले डिशहोमको वेबसाइट मार्फत सजिलै यी प्रोडक्टहरू खरिद गर्न सक्नेछन्।

प्रोमो कोड सीएचआईएलएलएफआई१५ प्रयोग गरे अतिरिक्त १५ प्रतिशतसम्म छुट समेत पाइने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here