काठमाडौं । नेपाल टेनिस संघको ११औं विशेष साधारण सभा तथा निर्वाचनले मनोहरदास मुललाई ४ वर्षका लागि शनिबार अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
उनको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन भएको छ । मुल यसअघि नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक थिए । संयोजकअघि मुल महासचिवको जिम्मेवारीमा थिए ।
सदस्यमा विष्णुबहादुर थापा, प्रीति बराल, गोपालप्रसाद ज्ञवाली, अशोक गुरुङ, प्रवीण वैद्य, रविन प्रधान, गोकुल श्रेष्ठ, कविन्द्र पन्त, निशान्तकुमार लामिछाने र सुन्दरबहादुर केसी छन् ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले शुभकामना दिए भने राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले प्रमाण पत्र प्रदान गरेका थिए ।
त्यसअघि कुपण्डोलस्थित होटल हिमालयमा भएको साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।


















