थाइल्याण्डबाट आएको गाँजामात्रै २ सय किलो भन्दा बढी बरामद

19

काठमाडाैं । लागुऔषध नियन्त्रण ब्युरोले एक वर्षभित्र थाइल्याण्डबाट आएको गाँजामात्रै २ सय किलो भन्दा बढी बरामद गरेको छ।

मंगलबार ब्युरोले आर्थिक वर्ष २०८१/०८२ मा भएका कामको विवरण सार्वजनिक गरेको हो। त्यस अवधिमा थाइल्याण्डबाट आएको २०७ किलो गाँजा बरामद भएको तथ्यांक सार्वजनिक गरेको छ।

‘२०७ किलो गाँजा एक वर्षमा पटकपटक गरी हवाइमाध्यमबाट आएको हो,’ ब्युरो प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी दिए।

उनका अनुसार यसबाहेक कोकिन र सेतो हेरोइन पनि विदेशबाट नेपाल भित्रिने गरेको छ।

एक वर्षमा ब्युरोले १८ किलो ९१९ ग्राम कोकिन, २५ किलो २३७ ग्राम हेरोइन, २८ किलो अफिम, २७२ ग्राम एम्फेटामाइन बरामद गरेको छ।

त्यसबाहेक चरेश र गाँजामात्रै तीन हजार २५० किलोग्राम बरामद गरेको छ।

औषधि जन्य नियन्त्रित ५८ हजार ५७ एम्पुल, १० लाख २८ हजार १०२ ट्रामाडोल क्याप्सुल लगायत अन्य लागुऔषध बरामद गरेको छ।

ब्युरोले एक वर्षमा एक हजार १३२ वटा मुद्दा दायर गरेको छ। एक हजार ६७५ जनालाई पक्राउ समेत गरी मुद्दा चलाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here