बीवाईडी पहिलो पटक टप १०० सूची भित्र

19

काठमाडौं ।  विश्व प्रसिद्ध चिनियाँ ईभी निर्माता कम्पनी बीवाईडी २०२५ फर्च्युन ग्लोबल ५०० लिस्ट अन्तर्गत ९१ नम्बरमा उक्लिएको छ । बीवाईडी पहिलो पटक यो सूचीको टप १०० भित्र परेको हो ।

गत वर्ष बीवाईडी यो सूचीको १४३ नम्बरमा थियो भने त्यो भन्दा पहिलेको वर्ष २१२ नम्बरमा थियो । बीवाईडी लगातार यो सूचीमा महत्वपूर्ण उपलब्धि सहित अगाडि बढिरहेको छ ।

सन् २०२४ मा बीवाईडीले ४२ लाख ७० हजार न्यु इनर्जी भेइकल अर्थात एनईभी बिक्री गरेर नयाँ रेकर्ड कायम गरेको हो । हाल विश्वका ११२ देशमा बीवाईडीका सवारी साधन बिक्री हुने गरेका छन् ।

ईभी बाहेक ब्लेड ब्याट्रीका लागि समेत बीवाईडी लोकप्रिय छ । सो ब्याट्री टेस्ला, बीएमडब्ल्यु, मर्सिडिज र आउडी जस्ता ग्लोबल अटो मेकरलाई समेत बीवाईडीले उपलब्ध गराइरहेको छ ।

नेपालमा साइमेक्स इंकले बीवाईडीका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here