विष्फोटक पदार्थ बनाउन प्रयोग हुने विभिन्न समानहरु बरामद

175

सल्यान, दार्मा गाउँपालिका-५ उत्तिसेनी बस्ने ५१ वर्षीय पदम केसीको घरबाट विष्फोटक पदार्थ बनाउन प्रयोग हुने विभिन्न समानहरु बुधबार प्रहरीले बरामद गरेको छ ।

उनको घरबाट डिटोनेटर ५ थान, ईलेक्ट्रोनिक डिटोनेटर २ थान, सेप्टि फ्युज १ मिटर, सल्फिक एसिड (सोडा गन्धक) ३ सय ग्राम, आइडिमा प्रयोग हुने छर्रा ५ सय ग्राम, ईलेक्ट्रोनिक वाएर ५ मिटर, भोल्ट मिटर २ थान, थ्रिनटथ्रि राईफलको गोली १ थान, सानो पेन ब्याट्री ६ थान, कलड वाईद एङगल एडेप्टर ४ थान, टु पिन प्लग ५ पिस, डुबलि (बिन्दुलि) १ पिस, माईक्रोफोन कट १ थान र विभिन्न दस्तावेज बरामद भएको छ ।

निज केसीलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here