काठमाडौं । सप्तरी, डाक्नेश्वरी नगरपालिका-५ महदेवास्थित चन्द्र नहरको डिलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ९६ किलो ९ सय ग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर, इलाका प्रहरी कार्यालय पातो समेतबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको १७ वटा पोकाबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
बारा, पचरौता नगरपालिका-९ बलरूसवाबाट अवैध लागूऔषध गाँजा ३२ किलो ५ सय ग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी तेलकुवा समेतबाट खटिएको प्रहरीले उक्त स्थानमा वेवारिसे अवस्थामा साइकलमा रहेको बोराबाट उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















